एक वर्षभन्दा बढी समय रहेको पासपोर्टको नवीकरण नहुने, आवेदन नलिन अनुरोध

काठमाडौं, २९ असार । राहदानी विभागले एक वर्षभन्दा बढी समय रहेका सेवाग्राहीहरूको पासपोर्टका नविकरण आवेदन नलिन विभागले अनुरोध गरेको छ ।

देशभरका ७७ जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित नियोगलाई सेवाग्राहीको पासपोर्ट को समय एक वर्षभन्दा बढी रहेका आवेदन नलिनलाई विभागले अनुरोध गरेको हो ।

राहदानी ऐन, २०७६ को दफा (१२) राहदानीवाहकको नाममा जारी भएको राहदानीको बहाल एक वर्ष भएमा वा सो भन्दा बढी रहेमा नयाँ जारी नगर्ने व्यवस्था छ।

विविभागले जारी गरेको सूचनामा लेखिएको छ,’ हाल केही एजेन्सीहरूले सेवाग्राहीलाई दुई-तीन वर्ष म्याद भएको राहदानी भएमा मात्र विदेश जान पाइन्छ भनेकाले सेवाग्राहीहरू नयाँ पासपोर्ट बनाउन आउने गरेका छन् । एक वर्षभन्दा कम म्याद रहे पनि कुनै शुल्क नलाग्‍ने र आवश्यक पर्दा मात्र नयाँ बनाउनू ।’

विभागका अनुसार एक वर्षभन्दा कम अवधि भएका राहदानी बाहकले नवीकरणका लागि आवेदन दिन सक्ने छन् । राहदानीको म्याद ६ महिना बढी भएमा विदेश यात्रा सहजै गर्न सकिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here