ट्वीटर किन्न बाध्य बनाउन मस्कविरुद्ध मुद्दा

काठमाडौं । ट्वीटरले अर्बपति एलन मस्कलाई सामाजिक सञ्जाल फर्म किन्न बाध्य पार्न कानूनी लडाई शुरु गरेको छ ।

मस्कले शुक्रबार नकिन्ने घोषणा गरेपछी कम्पनी सो योजना अनुसार अघि बढेको हो । उनले आफ्नो प्रस्तावित ४४ बिलियन डलर ट्वीटरको अधिग्रहणबाट टाढा रहेको घोषणा गरेका हुन् ।

ट्वीटरले प्लेटफर्ममा नक्कली र स्प्याम खाताहरूको संख्याको बारेमा जानकारी नदिएको दाबी मस्कले गर्दै आएका थिए । अब ट्विटरले डेलावेयर अदालतलाई मस्कलाई प्रति ट्विटर सेयर ५४ । २० डलरमा मर्जर पूरा गर्न आदेश दिन आग्रह गरेको छ।

ट्वीटरका अध्यक्ष ब्रेट टेलरले ट्वीट गरेर माइक्रोब्लगिङ साइटले एलन मस्कलाई आफ्नो अनुबंधात्मक दायित्वहरूप्रति उत्तरदायी बनाउन चाहने भनेका छन् ।

यता मस्कले अब ट्वीटरले आफुलाई सेयर किन्न बाध्य बनाउन सक्ने भन्दै वयांग्यात्मक टिप्पणी गरेका थिए । मस्कले ट्वीटर किन्ने अनि फेरी नकिन्ने घोषणा गरेर जनतासमक्ष मजाक बनाएको भन्दै उनले आक्रोश पोखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here