दुई दशक अघि बन्द भएको छात्रावास पुनः सञ्चालन

काठमाडाैं, ३ साउन । गाेरखाकाे एक विद्यालयमा दुई दशक अघि बन्द गरीएकाे छात्रावास सेवा पुनः सञ्चालन गरिएकाे छ ।

गण्डकी गाउँपालिका १ मकैसिङ स्थित विजया भवानी माध्यमिक विद्यालयमा करिव २० वर्ष पहिलेबाट बन्द भएको छात्रावास पुन: सञ्चालन गरिएकाे हाे ।

एसईई दिने विद्यार्थीलाई केन्द्रीत गरी अनिवार्य छात्रवासको व्यवस्था गरिएको विद्यालयका प्रधानाध्यापक ठाकुर गुरुङले जानकारी दिए ।

दुई तिहाई जनजातिको वाहुल्यता रहेको उक्त विद्यालयमा एसईईको राम्रो रिजल्ट ल्याउने उद्देश्यले कक्षा १० का २८ जना विद्यार्थीलाई अनिवार्य छात्रवासमा राखिएकाे छ ।

छात्रवासमा कक्षा १० का ११ जना केटा, १७ जना केटी र कक्षा ८ का ३ जना केटी गरी कुल ३१ जना विद्यार्थीहरु वस्दै आएका छन् ।

वर्षे विदामा घरमा वस्दा पहिले पढेका कुरा विर्सने भएकाले उनीहरुलाई कोचिङ कक्षासंगै होस्टेलमा राखेर शैक्षिक उपलब्धि वृद्धि गरिने लक्ष्य लिइएकाे विद्यालयका छात्रवास इन्चार्ज तथा निमित्त प्रधानाध्यापक संगम तिवारीले बताए ।

विहान ५ वजेदेछि राती १० बजेसम्म समय तालिका अनुरुप शिक्षण, अभ्यास, मनोरञ्जन, खेलकुद, खाजा, खाना, करेसाबारीमा काम लगायत काममा विद्यार्थीलाई सहभागी गराईने विद्यालय प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here