भोलीबाट काठमाडौंमा कुहिने र नकुहिने फोहोर लिन छुट्टाछुट्टै गाडी आउने

फाइलफोटो

३२ असार, काठमाडौं । काठमाडौं महानगरभित्र साउन १ बाट कुहिने र नकुहिने फोहोर लिन अब छुट्टाछुट्टै बार गाडी आउने भएको छ । काठमाडौं महानगरपालिकाले एक सूचना निकाल्दै यस्तो जानकारी गराएको छ ।

अब फोहोर उत्पादन हुने स्रोतबाटै वर्गिकरण गरेर गाडीमा फोहोर हाल्नु पर्नेछ । त्यसो नगरिए फोहोर फिर्ता पठाएर ५ सय रुपैयाँ जरिवाना समेत गरिने महानगरको सूचनामा उल्लेख छ ।

तालिका अनुसार अब आइतबार र बुधबार कुहिने फोहोर लिन गाडी आउनेछ । सोमबार र शुक्रबार आउने भएको छ । महानगरपालिकाले सिस्डोलबासीसँग प्रतिवद्धता गरे अनुसार यसरी फोहोर संकलन गर्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here