थप १३५ जनामा कोरोना संक्रमण पुष्टी, १ जनाको मृत्यु

काठमाडौं, १ साउन । पछिल्लो २४ घण्टामा नेपालमा १३५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४७३ जनाको पीसीआर परीक्षण गर्दा ११४ जना र १ हजार ५६८ जनाको एन्टिजेन परीक्षण गर्दा २१ गरी १३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार ४०८ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५९ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार १६ पुगेको छ । सक्रिय संक्रमितको संख्या १४३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५३ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here