घुमफिरः नेपालको आय ६८ अर्ब, नेपालीको खर्च ८० अर्ब

काठमाडौं, ३ साउन । गत आर्थिक वर्षको जेठ मसान्तसम्ममा नेपालीले विदेश भ्रमणमा ८० अर्ब ४५ करोड रुपैयाँ खर्च गरेका छन् । यो रकम नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले सोही अवधिमा गरेको खर्च भन्दा करीब १२ अर्ब रुपैयाँले बढी हो ।

गत आवको जेठसम्ममा नेपालको भ्रमण आय ६८ अर्ब ६३ करोड रुपैयाँ छ जुन गत वर्षको सोही अवधिको तुलनामा ९.७ प्रतिशतले बढी हो । गत वर्ष नेपालले पर्यटकहरुबाट ६२ अर्ब ५७ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

तर नेपालीले विदेशमा लैजाने रकम भने गत वर्षको ७१ अर्ब ८६ करोड रुपैयाँमा १२ प्रतिशतले बढेको हो । यसमा शिक्षातर्फको खर्च रु. ४० अर्ब ९९ करोड रहेको छ ।

समग्रमा नेपालको खुद सेवा आय १० अर्ब ५६ करोड रुपैयाँले घाटामा छ जबकि गत वर्ष सेवा आय रु. १ अर्ब ४४ करोडले वचतमा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here