चर्को गर्मीले पोर्चुगलमा एक सातामा ६५१ जनाको मृत्यु, नेपालीलाई कति जोखिम ?

Photo : NBC news

२ साउन, काठमाडौं । यूरोपभर बढ्दो तापक्रम र डडेलोका कारण मानिसहरुको जनजीवन नराम्रोसँग प्रभावित बनेको छ । दक्षिण–पश्चिम क्षेत्रको जङ्गलमा लागेको आगो स्पेन, क्रोएशिया र ग्रीससम्म फैलिएको छ । चर्को गर्मीले पोर्चुगलमा मात्र एक सातामा ६५९ जना मानिसको मृत्यु भएको बीबीसीले जनाएको छ ।

पोर्चुगल धेरै नेपाली रहने क्षेत्र हो । यहाँ घरबाहिर ननस्किन मानिसहरुलाई आह्वान गरिएको छ । पोर्चुगलको भूभागमा भएको आगलागी भने हाल नियन्त्रणमा आएको छ। पोर्चुगल सरकारका अनुसार गत साता मात्रै गर्मीका कारण ६५९ जना मानिसको मृत्यु भएको छ र तीमध्ये अधिकांश वृद्धवृद्धा छन्।

फ्रान्सले डढेलोको खतरामा रहेका १४ हजारभन्दा बढी मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तर गरेको छ। फ्रान्सको चर्चित पर्यटन क्षेत्र गिरोन्डेका अधिकारीहरूले भ्रमणस्थलबाट सुरक्षाकर्मीहरूलाई पनि हटाएका छन्। पर्यटकहरूले यसअघि नै त्यस ठाउँ छोडिसकेका थिए। हाल टेस्टे-डे बुच र ल्यान्डिरास क्षेत्रमा आगो फैलिएको छ।

आगलागीका कारण दक्षिणी स्पेनका मिजासका पहाडहरूबाट ३,२०० भन्दा बढी मानिसहरू सुरक्षित ठाउँतर्फ भागेका थिए। केही मानिस भने फर्किसकेका छन्। स्पेनको मिजास क्षेत्रमा भएको आगलागी लोकप्रिय पर्यटकीय क्षेत्र मालगबाट टाढा छैन। स्पेनकै अन्य ठाउँहरूमा पनि आगो फैलिएको छ।

मालग क्षेत्रका स्थानीयवासी एलेन म्याककर्डीले रोएटर्सलाई भनेका छन् ‘हामीले हतारमा केही अत्यावश्यक सामग्रीहरू बटुल्यौँ र लिएर दौडियौँ। त्यतिबेला हरेक मानिस भागिरहेका थिए। त्यहाँ थुप्रै एम्बुलेन्स र फायर इन्जिनहरू थिए।’ पश्चिममा मोरक्कोदेखि पूर्वमा क्रेटसम्म( भूमध्यसागर वरपर हजारौँ अग्नि नियन्त्रकहरू र धेरै जल विस्फोटक विमानहरू तैनाथ गरिएका छन्।

मङ्गलवारदेखि सारा क्षेत्र अधिक गर्मीको मारमा परेको छ र त्यहाँका वनस्पतिहरू सुकेका छन्। मानव(प्रेरित जलवायु परिवर्तनका कारण गर्मीको लहरहरू लगातार, अधिक तीव्र र लामो समयसम्म चल्ने भएका छन्। औद्योगिक युग सुरु भएदेखि नै पृथ्वी करिब १.१ डिग्री सेल्सियसले तातिसकेको छ र विश्वभरका सरकारहरूले कार्बन उत्सर्जनमा कडा कटौती नगरेसम्म तापक्रम बढ्ने क्रम जारी रहनेछ।

फ्रान्सेली मौसम सेवाले आइतवार देशको दक्षिणी भागमा ४१ डिग्री सेल्सियससम्मको तापक्रमको पूर्वानुमान गरेको छ र सोमवारका लागि नयाँ तापक्रम आकलन गरिएको छ। पोर्चुगलको तापक्रम हाल ४७ डिग्री सेल्सियस पुगेको छ। यूकेमा चरम गर्मीको असरबारे पूर्व चेतावनी दिइएको छ।

त्यहाँ सोमवार र मङ्गलवार तापक्रम ४१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ। बेलायतमा गर्मीको लहरका कारण वार्षिक थप २,००० मानिसको मृत्यु हुने गरेको छ। सार्वजनिक विवरणहरूका अनुसार सन् १८८४ पछि यूकेमा सर्वाधिक गर्मी भएका वर्षहरू सबै सन् २००२ यताका वर्षहरू छन्।

मोरक्कोले १,३०० भन्दा बढी मानिसहरूलाई आफ्नो घर छाड्न निर्देशन दिएको छ र देशको उत्तरी भेगस्थित जङ्गलमा लागेको आगो निभाउन थप अग्नि नियन्त्रकहरू खटाएको छ। त्यहाँको सबैभन्दा बढी प्रभावित क्षेत्र लाराचे प्रान्त हो। क्रेटमा रेथिम्नो वरपरका पहाडहरूका आगलागी विरुद्ध ग्रीक अग्नि नियन्त्रकहरू उत्तरी तटमा खटिरहेका छन्।

शनिवार उनीहरूले त्यहाँको आगो आंशिक रूपमा नियन्त्रणमा आएको बताएका थिए। टर्कीको दक्षिण,पश्चिम भूभाग र क्रोएशियाको एड्रियाटिक तटका केही क्षेत्रहरूमा पनि आगलागी भएको छ। क्रोएशियाको रिसोर्ट सहर जादर र सिबेनिक नजिकका जङ्गलहरूमा पनि आगो फैलिएको छ तर त्यहाँको भूभाग हालसम्म खाली गरिएको छैन।

शनिवार साँझ फ्रान्सले एट्लान्टिक तटका थप २२ वटा क्षेत्रीय विभागहरूलाई उच्च सतर्कता अपनाउन चेतावनी दिएको छ। डढेलोका कारण दक्षिण-पश्चिम फ्रान्सको १०,५०० हेक्टर जमिन डढेको छ।

त्यहाँको गृहमन्त्री गेराल्ड डार्मानिनले अग्नि नियन्त्रकहरूको ूउल्लेखनीय साहसू को प्रशंसा गरे। आल्प्सका पर्वतारोहीहरूलाई असाधारण मौसम अवस्थाका कारण चट्टान खस्न सक्ने जोखिम रहेकाले मोन्ट ब्लाङ्कको यात्रा स्थगित गर्न आह्वान गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here