डलर सटहीमा सहज, विदेश भ्रमणमा जानेले विमानस्थलबाट २ सय डलरसम्म साट्न पाउने

काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले विदेशी मुद्रा डलर सटहीमा सहज गरेको छ ।

नेपाल राष्ट्र बैंक बुधबार एकीकृत परिपत्र–२०७८ संशोधन गरी गर्दै विदेशी मुद्रा डलर सटहीमा सहज गरेको हो।

नयाँ व्यवस्था अनुसार अब विदेश भ्रमणमा जाने नेपालीले २०० अमेरिकी डलरसम्म मात्र नोट सटही गर्न पाउने भएका छन् ।

राष्ट्र बैंकले विदेशी विनिमय कारोबार गर्ने मनिचेन्जर कम्पनी र अरू निकायहरूलाई यस्तो निर्देशन जारी गरिएको हो ।

अब विदेशी मुद्रा बिक्री गर्ने इजाजतपत्र प्राप्त मनिचेन्जरहरूले विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा प्रदान गर्न सक्नेछन् ।

विदेश भ्रमणमा जाने नेपाली नागरिकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ सय अमेरिकी डलरसम्मको सटही सुविधा पाउनेछन् ।

हाललाई त्रिभुवन विमानस्थलमा रहेको विदेशी मुद्रा बिक्रीका लागि इजाजतप्राप्त मनी चेन्जरले मात्रै यो सुविधा दिनेछ ।

विदेश भ्रमणमा जानेले बैंकबाट अधिकतम १५ सय डलरसम्मको सटही सुविधा पाउने व्यवस्था छ । यदी बैंकबाट १५ सय डलरको सटही सुविधा लिइसकेकाले भने मनी चेन्जरबाट थप सटही सुविधा पाउने छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here