काठमाडौं महानगरमा एक साता फोहोर संकलन नहुने, वर्गीकरण गरेर घरमै राख्न आग्रह

फाइलफोटो

काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताको लागि फोहोर घर भित्रै राख्न आग्रह गरेको छ ।

फोहोर बिसर्जनस्थल सिसडालसम्म जाने मर्मतका लागि सडक बन्द गर्न एक साता फोहोर संकल्न बन्द गर्न लागिएको हो।

महानगरले बिहीबार अपिल गर्दै एक हप्तासम्म कुहिने र नकुहिने फोहोरलाई सडक, चोक तथा सार्वजनिक स्थलमा नफालि घरभित्रै छुट्टाछुट्टै राख्न आग्रह गरेको हो ।

महानगरले एक सातासम्म सार्वजनिक स्थल र सडकमा फोहोर नफाल्न पनि अपिल गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here