चेम्बरले उत्पत्तिकाे प्रमाणपत्र अनलाईनबाटै दिने

काठमाडौं, ३ साउन । नेपाल चेम्बर अफ कमर्सले व्यवसायीलाई उत्पतिको प्रमाण पत्र अनलाईनबाट दिने व्यवस्थाको सुरुवात गरेको छ ।

शुक्रबार काठमाडौंमा अयोजीत एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव केदार बहादुर अधिकारी र नपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ अनलाइन प्रणालीकाे सुरू गरेका हुन् ।

नेपाल सरकारले लिएको डिजिटल नेपालको परिकल्पनालाई यस कार्यले टेवा पुर्याउने उद्योग सचिव अधिकारीले बताए ।

‘उद्योग क्रान्तीमा सरकार सकारात्मक रहेको कारण उद्योगको सबै काममा सरकारले सहयोग गर्छ,’ उनले भने, ‘यस विषयमा चेम्बर अफ कमर्स, नेपाल उद्योग वाणिज्य महासंघ तथा नेपाल उद्योग परिसंघ पनि सकारात्मक रहेका छन् ।

यस्तो व्यवस्थाले कुन सामान कति परिमाणका कुन स्थानबाट आयो भन्ने बारेमा सबै जानकारी सजिलै प्राप्त गर्न सकिने अधिकारीको भनाई थियो । उत्पत्तिको प्रमाणपत्र जारी गर्दा सो नियमनमा बसी जारी हुने आशा एवम विश्वास व्यक्त उनले व्यक्त गरे ।

त्यस्तै चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले मुलुकको निकासी अभिवृद्धि गर्न र व्यापार घाटा घटाउन कागजातकोे संख्या बढी भयो भन्ने सन्दर्भमा यो अत्यन्तै सकारात्मक भएको बताउँदै यसबाट लागत घट्ने र समयको बचत भई प्रभावकारितामा वृद्धि बताए ।

यो व्यवस्थाले व्यवसायीलाई भन्सारमा प्रमाण पत्र देखाउन सहज हुने उनले बताए ।

सरकारले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघलाई भदौ १ गतेबाट पूर्णरूपमा अनलाइनबाटै उत्पतीकाे प्रमाणपत्र दिने व्यवस्था लागु गर्न निर्देशन दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here