बजेट निर्माण प्रकरण : निवर्तमान अर्थमन्त्री शर्मासँग आज बयान

काठमाडौं,५ साउन । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशबारे आज बयान लिँदैछ ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरे अनुसार आज बयान लिने भएको हो ।

समितिले यसअघि अर्थ मन्त्रालयका अधिकारी, बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको घुसपैठसम्बन्धी समाचार लेख्ने पत्रकारलगायतसँग बयान लिइसकेको छ ।

तत्कालीन अर्थमन्त्री शर्माले २०७९\०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । लगत्तै शर्माले अर्थमन्त्रीबाट राजीनामा गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here