एनआईसी एशिया बैंकको खुद नाफामा छलाङ,कर्जा असुलीमा ठूलो सफलता

काठमाडौं । पछिल्लो समय आक्रामक रुपमा व्यवसाय विस्तार गर्दै आएको एनआइसी एशिया बैंकले खुद नाफामा छलाङ मारेको छ ।

बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३९.३८ प्रतिशतले बढाउन सफल भएको हो ।

बैंकले गत वर्षको असार मसान्तसम्म कुल ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७७/७८ को तुलनामा १ अर्ब १ अर्ब २८ अर्ब बढी हो । बैंकले अघिल्लो आवमा ३ अर्ब २५ करोड खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा एनआइसीले २ खर्ब ९४ अर्ब निक्षेप संकलन गरी २ खर्ब ६८ अर्ब कर्जा लगानी गरेको छ । गत आवमा बैंकले ३ अर्ब ४१ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको छ ।

समीक्षा अवधिमा बैंकको स्व–पूँजीमा प्रतिफल (आरओई) १९.६५ प्रतिशत रहेको छ । जुन २६ वटै वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेर ३९.१३ रुपैयाँ पुगेको छ ।

निष्कृय कर्जा असुलीमा बैंकले ठूलो सफलता हात पारेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा जम्मा ०.४९ प्रतिशत मात्र छ ।

त्यसैगरी बैंकको कुल पूँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र टायर १ क्यापिटल एडेक्वासी रेसियो ८.९३ प्रतिशत कायम गरेको छ ।

बैंकले गत वर्ष मात्रै १२ लाखभन्दा बढी नयाँ खाताहरू थप गर्दै कुल खाता संख्या ४० लाखभन्दा बढी पुर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here