८ वर्षिया विदेहाले फोटोग्राफी मार्फत जनावर हक हितप्रति योगदान गर्ने

काठमाडौं । विदेहा रञ्जनले फोटोग्राफी मार्फत जनावर हकहितप्रति योगदान गर्ने भएकी छिन् । हात्तीको संरक्षणतर्फ योगदान गर्नको लागि उनको एकल चित्रकला प्रदर्शनी हुन लागेको हो ।

हात्तीको वासस्थान घट्दै जानु र आहारको कमीले हात्तीको संख्या घट्दै जान लागेपछि फोटो प्रदर्शनी मार्फत विश्वलाई सन्देश दिन प्रर्दशनी हुन लागेको जनाइएको छ ।

उनले खिचेको तस्विरमा वृद्ध हुँदै गएको हात्तीको अवस्थाहरुको बारे देखाइनेछ । यो प्रयासले नेपालका जंगली हात्ती र पालुवा हात्तीहरू प्रतिको चासो, बुझाई र समर्थन राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमै बढ्ने आशा राखिएको छ। अधिकांस तस्विर नेपालको पर्यटकिय स्थल सौराहबाट लिइएको छ ।

विदेहा रञ्जनले नेपालकला परिषदमा तीन वर्षको उमेरमै ६६ भन्दा बढी कलाकृति प्रस्तुत गरेर एकलप्रदर्शनी गरी राष्ट्रकै सबैभन्दा कम उमेरकी कलाकार बन्न सफल भएकी थिइन्।

आठ वर्ष पुगेकी विदेहा स्ट्यान्ड अप फोर एलिफन्ट्स र स्पाइनी ब्याबलरसँग हात्ती, वातावरण, प्रकृति र जलवायुलाई आश्रय दिनहात्तीहरूको फोटो प्रदर्शनी तस्बिरहरूको पुस्तक तयार पार्न तल्लिन छिन्।

विदेहाको रचनात्मकता र शैक्षिक सामग्री विषेशत आम जनता, बालबालिका, युवा र शैक्षिक संस्थातर्फ लक्षित हुनेछ।

स्ट्यान्ड अप फोर एलिफन्ट्सका संस्थापक फ्लोरेन ब्लट भन्छिन्, ‘बालबालिकामा आफ्नै विशिष्ट प्रतिभा हुन्छ, तर विदेहाको फोटोग्राफी साँच्चै नै फरक छ। हामीलाई विगत केही वर्षदेखि उनीसँग कामगर्दै आउँदा निकै खुशी लागेको छ,उनका सिर्जनाहरू निकै सुन्दर छन्।’

कतिपय नेपाली हात्तीहरूले ६०० देखि ९०० किलोग्राम भन्दा बढी तौल बोकेर दिनको १४ घण्टा काम गर्छन्।

विदेहाको प्रयासले हात्तीहरूको आवश्यकताको बारेमा चेतना जगाउने र आमजनता, विशेषगरी शैक्षिक संस्था, बालबालिकार युवाहरूलाई सकारात्मक रूपमा संवेदनशील बनाउने अपेक्षा राखिएको छ।

विदेहाले ३ वर्षको उमेरमा नेपालकला परिषदमाद ‘अर्लीक्रिएशन्स’ एकलकला प्रदर्शनी र कलाकृतिको पुस्तक अनि ४ वर्षको उमेरमा ‘आई लाइकमाइ लाइफ’दोस्रो एकल प्रदर्शनी र ई–बुक नेपाल पर्यटन बोर्ड र पाटन संग्रालयमा प्रस्तुत गरिन्।

उनी अन्तराष्ट्रिय भिएसओ नेपाल र युकेएडद्वारा प्रकाशित ‘विथमाई होल हार्ट’ र ‘१५ स्टोरीज’ जस्ता पुस्तकहरूका मुख्य कलाकार रहिन् र उनको कलाकृति र लेखहरू नेपाली र अन्य धेरै प्रकाशन, रिपोर्ट र पत्रपत्रिकाहरूमा देखा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here