क्रिप्टोकरेन्सीबाट टाढिँदै टेस्ला, बेच्यो ७५ प्रतिशत बिटक्वाइन

काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्ला क्रिप्टोकरेन्सीबाट टाढिँद गएको छ ।

यस वर्ष मात्रै क्रिप्टोकरेन्सीको मूल्यमा ५० प्रतिशतभन्दा धेरैले गिरावट आएपछि टेस्ला क्रिप्टोकरेन्सीबाट टाढिएको हो।

कम्पनीका सिइओ एलन मस्कले कम्पनीसँग रहेको बिटक्वाइन बिक्री नगर्ने घोषणा गरेसँगै यसको मूल्यमा भएको गिरावट रोकिएको थियो। जस अनुरुप नै कम्पनीले आफ्नो बिटक्वाइनको ७५ प्रतिशत बिक्री गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

जसको मूल्य २०२१ को अन्त्यमा करिब २ अर्ब डलरको थियो।

गत वर्षको फेब्रुअरीमा टेस्लासँग बिटक्वाइनमा डेढ अर्ब अमेरिकी डलरबराबरको लगानी रहेको सार्वजनिक भएपछि यसको माग ह्वात्तै बढेको थियो। त्यस समयमा झन्डै ७० हजार डलर पुगेको एक बिटक्वाइनको मूल्य अहिले करिब २३ हजार डलर छ।

इलन मस्क विश्वका हाइप्रोफाइल क्रिप्टो च्याम्पियनमध्ये एक मानिन्छ। उनले सामाजिक संजालमा गर्ने अभिव्यक्तिले विश्वका ट्रेडिङ गतिविधहरुमा महत्पूर्ण प्रभाव राख्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here