झिनो अंकले घट्यो नेप्से, कारोबार रकममा निरन्तर गिरावट

काठमाडौं, ५ साउन । साताको कारोबारको पाँचौं दिन शेयर बजार झिनो अंकले घटेको छ ।

कारोबार शुरु भएदेखि नै उकालो ओरोलो भैरहेको शेयर बजार मापक सूचक (नेप्से) ५.८७ अंकले घटेर २०४४.७२ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार विहीवार २२५ कम्पनीको १ अर्ब ६४ करोड २६ लाख ४८ हजार ५८६ रुपैयाँ बराबरको ३९ लाख ८ हजार ३९५ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकम घटेको छ । बुधवार१ अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये २ समूहको परिसूचकमा हरियाली छाएको छ भने ११ वटाको घटेको छ । व्यापार समूहको परिसूचक सबैभन्दा धेरै १.५२ प्रतिशत घटेको छ । सेन्ट्रल फाइनान्स कम्पनीको शेयर मूल्य ३.१६ प्रतिशतले बढेको छ ।

नेप्सेका अनुसार आज आइसीएफसी फाइनान्स डिभेञ्चरको शेयर मूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यसैगरी, किसान लघुवित्त ५.३५, साधन लघुवित्त ४.४५, सबैको लघुवित्त ३.८३, लाइफ इन्स्योरेन्स कर्पोरेशन ३.७२ र कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्य३ प्रतिशत घटेको छ ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको पौने १८ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ ।

त्यस्तै, एनआइसी एशिया बैंकको ११ करोड र नेपाल पुनर्बीमा कम्पनी ६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here