डिम्याट खाता खोल्ने ५२ लाख ६० हजार नाघे, ८ अर्ब ५८ करोड शेयर अभौतिकिकरण

काठमाडौं, ५ साउन । शेयर कारोबार गर्न हितग्राही (डिम्याट) खाताको संख्या ५२ लाख ६० हजार नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५२ लाख ६० हजार २५१ पुगेको हो ।

धितोपत्र दोस्रो बजारमा शेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि साढे ४३ लाख नाघेको छ। हालसम्म ‘मेरो शेयर’ प्रयोगकर्ताको ४३ लाख ६८ हजार ६३९ पुगेको छ।

‘मेरो शेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ। हालसम्म ८ अर्ब ५८ करोड ४३ लाख ५८ हजार ६६९ कित्ता शेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो शेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट शेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो ।

१ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट शेयर मात्र कारोबार हुँदै आएको छ । विवरणानुसार पछिल्लो समय डिम्याट र मेरो शेयर खाताको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ । साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिने व्यवस्था छ ।

बोर्डलगायत धितोपत्र बजारसम्बद्ध निकायहरूबाट बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here