थप ४३५ जनामा कोरोना पुष्टी, ५६ जना संक्रमण मुक्त

काठमाडौं ५ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६६७ नमूनाको पीसीआरमा ३१७ र १९०२ नमूनाको एन्टिजेनमा ११८ जना गरी कूल ४३५ जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८२ हजार ७१९ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५६ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार २२८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २५३७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here