ग्लोबल आइएमई बैंकको नाफा ५ अर्ब नाघ्यो, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । ग्लोबल आइएमई बैंकको खुद नाफा ५ अर्ब नाघेको छ । बैकद्धारा सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार बैंकले २५ प्रतिशतले खुद नाफामा वृद्धि गरेको हो ।

अघिल्लो आर्थिक वर्षमा ४ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले गत आवमा ५ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । सो अवधिमा बैंकको वितरण योग्य नाफा भने ३ अर्ब १९ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

खुद ब्याज आम्दानी र संचालन आम्दानी बढ्दा बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५२ प्रतिशतले बढेर १० अर्ब ७४ करोड र संचालन मुनाफा २६.९० प्रतिशत बढेर ७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ ।

२३ अर्ब ७९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब १५ करोड रुपैयाँ र रिटेन अर्निङमा ३ अर्ब १९ करोड रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले साढे १३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

असार मसान्तसम्म बैंकले २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ५८ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।

खुद नाफ बढेसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बैंकको छ । अछिल्लो वर्ष १९.२५ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी बढेर २१.८८ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १५६.११ रुपैयाँ, मूल्य आम्दानी अनुपात ११.४९ गुणा, खराब कर्जा १.२२ प्रतिशत, आधारदर ९.४ प्रतिशत र स्प्रेडदर ४.२६ प्रतिशत छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here