आज मौद्रिक नीति सार्वजनिक हुँदै

काठमाडौं,६ साउन । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दैछ । समस्यामा रहेको अर्थतन्त्र र आफै विवादमा रहेका गभर्नर महाप्रसाद अधिकारीमाथि यो मौद्रिक नीति निकै चासोका साथ हेरिएको छ । सदन र सडक दुबै स्थानमा उनको राजिनामा माग भइरहेको छ ।

एम अधिकारी नामक छम्द नामबाट उनलाई नेकपा एमालले अर्थ विभागको सदस्य बनाएपछि विवाद उत्पन्न भएको छ । वर्तमान सरकारमाथि असहयोग गरिरहेको आरोपका बीच उनले ल्याउने मौद्रिक नीतिले अर्थतन्त्रको कालो बादल हट्ला वा अझ मारिएला, त्यो भने हेर्न बाँकी छ ।

अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार बिफ्रिङ सकेको राष्ट्र बैंकले आज मौद्रिक नीति ल्याउँदैछ । मौद्रिक नीति अपरान्ह ४ बजे सार्वजनिक गर्ने तयारी छ ।

मौद्रिक नीतिको मस्यौदाबारे बिहीबार बिहान गभर्नर महाप्रसाद अधिकारीले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, अर्थसचिव मधुकुमार मरासिनीलगायत उच्च पदाधिकारी र बेलुका प्रधानमन्त्री देउवालाई ‘ब्रिफिङ’ गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here