आदर्श लघुवित्तको शेयर कारोबार खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

काठमाडौं, ६ साउन । आदर्श लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) कारोबार शुरु भएको छ ।

शुक्रवार प्रि-ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएसँगै नियमित बजारमा कारोबार सुचारु भएको छ ।

स्पेसल प्रि–ओपन सेसनमो यो लघुवित्तको शेयर प्रतिकित्ता २५६.८० रुपैयाँमा किनबेच भएको छ।

कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १२२.८८ रुपैयाँदेखि अधिकतममा ३६८.६४ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको थियो।

यो लघुवित्तलाई नेप्सेले ‘एडीएलबी’ कारोबार संकेत प्रदान गरेको छ। नेप्सेमा आदर्श लघुवित्तको कुल २ लाख ७ हजार कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको १ लाख ४० हजार कित्ता र सर्वसाधारणको ६७ हजार कित्ता रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here