दोधारा चाँदनी नगरपालिकाले किन्यो मोटर बोट, आपतकालिन र विपद् जोखिमलाई सहज

दोधारा । दोधारा चाँदनी नगरपालिकाले विपद् प्रतिकार्यको लागि मोटर बोट खरिद गरेको छ् ।

नगरपालिका कार्यालय, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसी नेपालको सहयोग र सहकार्यमा विपद ब्यवस्थापन तथा प्रतिकार्यको लागि मोटर बोट खरिद गरेको हो ।

विहीवार दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर नजिक जगबुडा नदीमा मोटर बोटको नमुना अभ्यास समेत गरिएको एनएनएसडब्लुएका राजकुमार सुनारले जानकारी दिए ।

एनएनएसडब्लुए, डिसीए नेपालको रु। ५ लाख र दोधारा चाँदनी नगरपालिका कार्यालयले झण्डै रु. ७ लाख गरि रु। १२ लाखमा उक्त उद्धार मोटर बोट खरिद गरिएको बताईएको छ् ।

नमुना अभ्यासको क्रममा स्थानियहरुले संघ–संस्था संग सहकार्य गरि बाढीको बेला उद्धारको लागि ल्याएको मोटर बोटलाई उत्साहपूर्वक स्वागत गरेका छन् ।

सशस्त्र प्रहरीका सई उद्धव बहादुर धानुकको कमाण्डमा आएको ६ जनाको खोज उद्धार टोलीले मोटर बोटको नमुना अभ्यास समेत गरेका थिए ।

अभ्यास कार्यक्रममा नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा जोशी, वडाध्यक्षहरु, नेपाल राष्ट्रिय समाज कल्याण संघ ९एनएनएसडब्लुए० का राजकुमार सुनार लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कुतियावकरका एक स्थानिय मोतीराम सुनारले नगरपालिका वडा नं. १० को कुतियाकवर, शान्ती टोल, बैतिफाँटा, अठार नम्वर पिल्लर बस्ती लगाएत टोलहरुमा बाढी आएको बेला उद्धारको निम्ती मोटर बोट कोशेढुङ्गा साबित हुने बताएका छन् ।

बाढी आएको बेला बिगतमा काठले बनाईएको किस्तीको सहारा बाढीको बेला स्थानियहरुलाई उद्धार गरिदै आएका अवस्थामा काठले बनाईएको किस्तीबाट उद्धार गर्दा निकै सकस हुने गरेको स्थानिय मोती राम सुनारले बताएका छन् ।

‘बाढी आएको बेला मोटर बोटले उद्धार गर्न निकै सहज हुनेछ्’ स्थानिय मोतिराम सुनारले भने ।

नगरपालिकामा गएको कार्तिक २ गते आएको बाढीले महाकाली नदी र जगबुडा नदीको तटिय क्षेत्रमा बसोबास गर्ने स्थानियहरुको लाखौंको धनमालको क्षती बनाएको थियो ।

त्यत्ती बेला उद्धार सामग्रीको निकै अभाव भएको कारण स्थानियहरुको ज्यान जोगाउन समेत उद्धारकर्मीलाई हम्मे हम्मे परेको थियो ।

मेयर किशोर कुमार लिम्बुले नगरपालिकाको वडा नं। ८ र १० बाढीको बढी प्रभावित क्षेत्र रहेको मोटर बोट खरिद गरिएको बताए ।

बाढी आएको बेला धनमालसँगै मानविय क्षतीलाई रोक्न समेत मोटर बोटको अहम भूमिका रहने मेयर लिम्बुले बिश्वास राखेका छन् ।

बिपद् प्रतिकार्यको लागी मोटर बोट खरिद गर्न नगरपालिका संग सहयोग र सहकार्य गर्ने नेपाललाई मेयर लिम्बुले बिशेष धन्यबाद दिए ।

एनएनएसडब्लुएका राजकुमार सुनारले नगरपालिका कार्यालय संग सहकार्य गरि बिपद् ब्यवस्थापनको निम्ती मोटर बोट खरिद गरिएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here