मर्जर सुविधा पुस मसान्तसम्मका लागि थप, शेयर बजारको जोखिम भार यथावत

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर सुविधा पुस मसान्तसम्मका लागि थप गरेको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जनाएका हुन् ।

आर्थिक वर्ष २०७९ असार मसान्तसम्म दिने भनी गरिएको मर्जर सुविधा पुस मसान्तसम्म लागु हुने भएको छ। तर मर्जर सम्झौता भइ एकीकृत कारोबार हुनुपर्ने छ।

त्यस्तै मौद्रिक नीतिमार्फत शेयर जोखिम भार यथावत राखिएको जनाईएको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार चालू आर्थिक वर्षको मौद्रिक नीतिबारे सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले शेयर जोखिम भार २५ लाखसम्मको एक सय प्रतिशत र त्यो भन्दा माथिको डेढ सय प्रतिशत राखिएको जनाएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here