शेयर कर्जामा ४ करोडको सीमा हट्यो, १२ करोड भने कायमै

काठमाडौं, ६ साउन । राष्ट्र बैंकले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएको छ । चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो जानकारी दिएका हुन् ।

यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँ सम्मको सीमा राखिएको थियो ।

उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई निरन्तरता दिइएको राष्ट्र बैंकले गरेको हो ।

यस्तै, २५ लाख रुपैयाँ भन्दा कमको शेयर कर्जामा जोखिम भार १ सय प्रतिशत बनाइएको छ भने त्यो भन्दा बढी रकमको कर्जामा जोखिम भार १५० प्रतिशत नै कायमै राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here