बागमती प्रदेशमा गाडी भाडा बढ्यो, काठमाडौंमा चढ्नबित्तिकै २० रुपैयाँ नै कायम (भाडादरसहित)

फाइलफोटो

काठमाडौं, ६ साउन । बागमती प्रदेश सरकारले प्रदेशभर लागू हुनेगरी सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । बागमती प्रदेश सरकारले साउन ५ गतेदेखि लागू हुने गरेर भाडा बढाएको हो ।

जसअनुसार उपत्यकामा यात्रा गर्ने यात्रुले २० किलोमिटरभन्दा बढीको दूरीमा यात्रा गर्ने यात्रुले ४० रुपैयाँ भाडा तिर्नुपर्ने छ ।

यस्तै, २० किलोमिटरसम्मको दूरीमा यात्रा गर्ने यात्रुले ३५ रुपैयाँ भाडा तिर्नुपर्ने भएको छ ।

५ किलोमिटर दुरीसम्मको भाडा २० कायम गरिएको छ भने १० किलोमिटरसम्म २७ कायम गरिएको बागमती प्रदेश यातायात मन्त्रालयले जनाएको छ।

यसअघि, सार्वजनिक यातायातले सबैभन्दा छोटो दूरीको यात्रा गर्ने यात्रुसँग न्यूनतम २० रुपैयाँ नै लिँदै आएका थिए ।

उपत्यकाबाहिरका क्षेत्रमा भने यसअघिको भाडामा ८.३९ प्रतिशतले भाडा वृद्धि गर्ने श्रम रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here