थप ४५६ जनामा कोरोना पुष्टी, ८० जना संक्रमण मुक्त

काठमाडौं ६ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ४५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१६८ नमूनाको पीसीआरमा ३८४ र १६७० नमूनाको एन्टिजेनमा ७२ जना गरी कूल ४५६ जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८१ हजार १०१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ८० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ३८ हजार ३०८ पुगेको छ । सक्रिय संक्रमितको संख्या २८४१ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५४ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here