उत्पादनमुलक र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदर फरक–फरक तोक्ने

काठमाडौं, ६ साउन । नेपाल राष्ट्र बैंकले निश्चित उत्पादनशील क्षेत्र र व्यापारिक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदरमा अन्तर कायम गरेको छ ।

चालु आर्थिक वर्षको मौद्रिक नीति जारी गर्दै गभर्नर महाप्रसाद अधिकारीले अब उत्पादनशील र ब्यापारिक क्षेत्रको कर्जाको ब्याजदर फरक–फरक हुने बताएका हुन् ।

हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्य पालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोड रुपैयाँसम्मको कर्जा प्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था गरिने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here