काठमाडौं । देशका साना नदीनालाहरूमा वहाब बढ्ने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काठमाण्डौ, ललितपुर, मकवानपुर, धादिङ, लमजुङका नदी तथा खोलामा बाढी आउन सक्ने सम्भावना छ ।
यस्तै रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालीकोट, कैलाली, अछाम, डोटी, डडेलधुरा, दार्चुला र बैतडी जिल्ला आसपास भइ बहने साना नदी तथा खोलामा पनि आकस्मिक बाढीको खतरा रहेकाले यी क्षेत्रका नदी आसपासमा बस्दै आएकाहरुलाई सचेत रहन महाशाखाले आग्रह गरेको छ ।
कोशी, नारायणी, कन्काई, कर्णाली, महाकाली लगायत ठूला नदीमा भने पानीको सतह सतर्कता तहभन्दा तल नै रहने महाशाखाले जनाएको छ ।