भक्तपुरमा रुख ढलेर बस र स्कुटरलाई किच्दा तीन जनाको मृत्यु, १२ घाइते

काठमाडौं, ८ साउन । भक्तपुरको सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई किचेको छ ।

सल्लाघारीस्थित इवामुरा अस्पतालनजिकै रूख ढलेर बस र स्कुटर किच्दा च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

लोकन्थली, कौशलटार, गठ्ठाघर, राधेराधे रूटमा चल्ने बा २ ख ३५८४ नम्बरको बसलाई रूखले किचेको हो। बा ६१ प ३९७८ नम्बरको स्कुटर पनि कच्याककुचुक भएको छ।

मृत्यु भएका तीनमध्ये एक जनाको सनाखत भएको र दुई जनाको सनाखत हुन बाँकी छ। मृतक नितेश खर्वुजाको सनाखत भएको हो । अहिले नेपाली सेनाले सडकमा ढलेका रुख हटाउने काम गरिरहेको छ।

घाइतेहरूलाई इवामुरा अस्पताल, भक्तपुर इन्टरनेशनल अस्पताल र मध्यपुर ठिमी अस्पतालमा पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here