शेयर बजारमा मौद्रिक नीतिको प्रभाव, उच्च अंकले बढ्यो नेप्से

काठमाडौं, ८ साउन । शेयर बजारमा मौद्रिक नीतिको प्रभाव परेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो दिन नै शेयर बजार उच्च अंकले बढेको हो ।

मौद्रिक नीतिले शेयर कर्जामा लगाउदै आएको ४ करोडको सीमा हटाएका छ । यसअघि एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँ सम्मको सीमा राखिएको थियो ।

उक्त व्यवस्थामा ४ करोडको सीमा हटाएर सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म मात्र लिन पाउने व्यवस्थालाई निरन्तरता दिइएकोले जसको प्रभाव शेयर बजारमा परेको आंकलन गरेको छ ।

साताको पहिलो दिन शेयर बजार उच्च अंकले बढ्यो छ । साताको कारोबारको पहिलो दिन शेयर बजार मापक सूचक (नेप्से)६१.०५ अंकले बढेर २०७८.५१ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतवार २१२ कम्पनीको २ अर्ब ७३ करोड ९ लाख ३७ हजार १९६ रुपैयाँ बराबरको ६४ लाख २३ हजार १५६ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक हरियो बनेको छ । आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचकमा हरियाली छाएको छ ।

फाइनान्स, विकास बैंक, अन्य, माइक्रोफाइनान्स लगायत समूहका कम्पनीको मूल्य सर्वाधिक बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ७.२२ प्रतिशतले बढेको छ ।

उच्च अंकले बढेको बजारमा आज ३ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सेन्टर फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सको शेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

यसमध्ये ९ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । सेन्ट्रल फाइनान्स, समृद्धि फाइनान्स र मल्टिपर्पोज फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ ।

त्यस्तै, आइतबार स्वाभिमान लघुवित्त वित्तीय संस्था, रिलायन्स फाइनान्स, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, रिभर फल्स पावर कम्पनी, नेशनल हाइड्रोपावर कम्पनी, ग्रीन भेञ्चर लिमिटेडको शेयरमूल्यमा पनि उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

नेप्सेका अनुसार आज एनएमबी डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य १ प्रतिशत भन्दा बढीले घटेको हो ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ४० करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनी पौने ७ करोड र हिमालयन डिस्ट्रलरी साढे ६ करोड बढीको कारोबार कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here