थप ३४७ जनामा कोरोना पुष्टी, २ जना संक्रमितको निधन

काठमाडौं ८ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३६० नमूनाको पीसीआरमा ३०३ र १५२८ नमूनाको एन्टिजेनमा ४४ जना गरी कूल ३४७ जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८३ हजार ६२२ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार ४८९ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३१७७ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here