श्वेत गंगा हाइड्रोपावरको आइपीओमा ८ गुणाबढी आवेदन, कतिले भरे ?

काठमाडौं। श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आइपीओमा माग भन्दा धेरै आवेदन परेको छ ।

सीडीएसका अनुसार अन्तिम दिन आइतवार साँझ ५ बजेसम्ममा १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

जसमा १६ लाख ३ हजार ७७२ जना सर्वसाधारणले १ करोड ८२ लाख ३९ हजार २७० कित्ताका लागि आवेदन दिएका छन् ।

यो सर्वसाधारणबाट माग गरिएको भन्दा करिब ८.०३ गुणा बढी आवेदन परेको हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुन सक्नेछ ।

श्वेत गंगाले साउन ४ गतेदेखि १०० अंकित मूल्यमा २३ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबराको २३ लाख ८९ हजार ५०० कित्ता आइपीओ विक्रीमा ल्याएको थियो ।

निष्काशन भएको कुल शेयरमध्ये १ लाख १९ हजार ४७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी २२ लाख ७० हजार २५ कित्ताका लागि सर्वसाधरणको लागि छुट्टाएको थियो ।

कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here