कहिलेकाहीँ घरले पनि दिन्छ पहिरोको पूर्व संकेत, यी हुन् जोखिम कम गर्ने उपायहरु

काठमाडौं । बाढी,पहिरो र डूवान नेपालको कुनै एक ठाँउको मात्र समस्या होईन । नेपालले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पहिरोको समस्या भोग्दै आएको छ ।

बाढी,पहिरोको कारण मनसुन सुरुभएयता अहिले पनि पहाड होस या तराई आकाश हेरेर रात काट्न मानिस बाध्य छन भने पिडितले अहिलेसम्म समुचित राहत पाउन सकेका छैनन् ।

हरेक बर्ष मनसुन सुरुभएसँगै नेपालमा बाढी पहिरोको त्रास बढ्ने गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अनुसार बैशाख भएयता बाढीपहिरोलगायत विभिन्न विपत्तिमा परेर आइतवारसम्म १३१ जनाको मृत्यु भएको छ।

अन्य ३२५ जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ। बाढी र पहिरोमा परेर २० जनाको ज्यान गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनले सामाजिक सञ्जालमा सार्वजनिक गरिेको भिडियोमा आफ्नै घरले पनि पहिरोको पूर्व संकेत गर्ने जनाएको छ । भिडियो अनुसार के हुन त पहिरोको पूर्व संकेत ।

-पहिरोको सम्भावित घरको भित्तामा चिरा पर्नु । परेको चिरा बढ्दै जानु ।

– मझेरी, पिँडी, आँगन भाँसिदै जानु ।

-घरका झ्याल, ढोका फाटिएर खोल्न अप्ठारो हुनु ।

-घरवरीपरिको जमिन भाँसिनु आदी पहिरो जानु पूर्वका संकेत हुन् ।