पाल्पामा बस दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौं । पाल्पाको रिब्दिकोटमा बस पल्टिँदा ६ जनाको मृत्यु भएको छ।

गुल्मीबाट बुटवलतर्फ जाँदै गरेको लु १ ज ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा आइतवार साँझ ५ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा ३ महिला र ३ पुरुषको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

२२ जना यात्रु लिएर आएको बसबाट १६ जनाको उद्धार गरी उपचारका लागि तानेसन पठाइएकोमा ६ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको हो । मृतकको सनाखत भएको छैन। घटनाको पूरा विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here