राप्ती हाइड्रोको आइपीओ बाँडफाँड, १२ लाख बढी आवेदकको हात खाली

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको प्राथमिक साधारण शेयर (आइपीओ) बाँडफाँड भएको छ । सोमबार बिहान ९ बजे कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट २ लाख १७ हजार ६९४ जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् । १२ लाख बढी जनाको हात रित्तो भएको छ ।

यो कम्पनीले गत असार २९ गतेदेखि साउन १ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २३ लाख ६६ हजार २४० कित्ता आइपीओ निष्कासन गरेको थियो। जसमा ५ प्रतिशत अर्थात १ लाख १८ हजार ३१२ कित्ता शेयर सामूहिक लगानी कोष र ३ प्रतिशतले हुन आउने ७० हजार ९८८ कित्ता कर्मचारीका लागि छुट्याएको थियो।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र राप्ती हाइड्रो एण्ड जनरलको वेबसाइटबाट पनि नतिजा हेर्न सकिनेछ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here