ह्विल चियर बोकेर दोधारा चाँदनीका उपमेयर अपाङ्ग व्यक्तिको घरघरमा

दोधारा । दोधारा चाँदनीका उपमेयर गंगादेवी जोशीले घरमै पुगेर एक अपाङ्गता व्यक्तिलाई ह्विल चियर वितरण गरेकी छिन् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३ जामुनाघारी निवासी पदम सिंह सुनारलाई एक थान ह्विल चियर दिएकी हुन् ।

जामुनाघारी निवासी पदम बहादुर सुनार अपांग व्यक्ति हुन् । प्यारालाईस भएको कारण उनी हिडडुल गर्न नसक्ने अवस्थाको रहेका छन् ।

सुनारको अवस्था थाहा पाएसँगै उनको घरमा पुगेर उनको दैनिकी सहजताको लागी एक थान ह्विल चियर दिएको दोधारा चाँदनी नगरपालिका वडा नं। ७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य कमला उपाध्यायले जानकारी दिए ।

यस्तै दोधारा चाँदनी नगरपालिका वडा नं. ८ गिरी टोलका प्यारालाईस भएको कारण उनि हिडडुल गर्न नसक्ने रण बहादुर थापालाई समेत एक थान ह्विल चियर प्रदान गरिएको छ् ।

ह्विल चियर हस्तान्तरण कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका उपमेयर गंगा देबी जोशी, वडा नं. ७ का वडा सदस्य तथा न्यायिक समितिका सदस्य कमला उपाध्याय लगाएत पदम बहादुर सुनार र उनका जहान परिवार तथा स्थानियहरुको उपस्थिती रहेको थियो ।

आर्थिक अवस्था दैनिय रहेको सुनारको परिवारले उपमेयरलाई आर्थिक समस्या भएको बेला ह्विल चियर दिएर सहयोग गरेको भन्दै सुनारका परिवारजनले धन्यवाद दिएका थिए ।

दोधारा चाँदनी नगरपालिकाका उपमेयर जोशीले भौतिक विकास संगै मानवीय क्षेत्रको विकासमा हातेमालो र सहकार्य गर्दै जाने बताएकी छिन् । ‘नगर क्षेत्रमा पिडामा रहेका जनताको सहयोग गर्नु स्थानीय सरकारको दायित्व हो’ दोधारा चाँदनी नगरपालिकामा उपमेयर जोशीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here