आयातको तुलनामा निर्यातको हिस्सा नगन्य, भारतसँग १० खर्ब ४४ अर्बको व्यापार घाटा

काठमाडौं, ९ साउन । आर्थिक वर्ष २०७८/७९ को नेपालको व्यापार घाट बढेको छ । यस अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड रुपैँया पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ मा १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ रहेको व्यापार घाटा गत १ वर्षमा २३ प्रतिशले वृद्धि भएको हो ।

नेपालको दक्षिण छिमेकी मुलुक भारतसँग मात्र ५० प्रतिशत बढी व्यापार घाटा हुनेगरेको तथ्यांकहरु छन् । गत आर्थिक वर्षमा भारतबाट नेपालले कुल १२ खर्ब रुपैयाँ बराबरको सामान ल्याएको छ भने १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ ।

यस अवधिमा भारतसँग १० खर्ब ४४ अर्ब रुपौयाँ नेपालले ब्यापार घाटा भोगेको हो । लामो समयदेखि नेपालको व्यापारमा एकोहोरो स्थान ओगटीरहेको भारतसँग वर्षेनि नेपाल ठुलो घाटा बेहोर्न बाध्य छ ।

भारतपछि चीनसँग सबैभन्दा धेरै व्यापार घाटा हुने गरेको छ । समीक्षा अवधिमा चीनसँग २ खर्ब ६३ अर्ब रुपैयाँ घाटा बेर्होनु परेको छ ।

यसैगरी, इन्डोनेसियासँगको नेपालको व्यापार घाटा ५३ अर्ब २४ करोड छ । नेपालको उच्च व्यापार घाटा हुने मुलुकहरुमा त्यसपछि क्रमश युनाइटेड अरब इमिरेट्स (युएई), अर्जेन्टिना, अमेरिका, अष्ट्रेलिया, युक्रेन, मलेसिया र ब्राजिल रहेका छन् ।

गत आवमा नेपालले सबैभन्दा कम व्यापार घाटा बोलिभियासँग व्योहोरेको छ । बोलिभियासँग ६५ हजार घाटा छ । गत आवमा नेपालले बोलिभियामा १ लाख ६० हजारको निर्यात गरेकोमा २ लाख २६ हजारको सामान आयात गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here