थप ५६८ जनामा कोरोना पुष्टी, ९५ जना संक्रमण मुक्त

काठमाडौं ९ साउन । पछिल्लो २४ घण्टामा नेपालमा थप ५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०८४ नमूनाको पीसीआरमा ४३५ र १७१६ नमूनाको एन्टिजेनमा ११५ जना गरी कूल ५६८ जनामा संक्रमण पुष्टी भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८४ हजार ७५ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ९५ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६८ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितको संख्या ३५३४ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५७ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here