महँगी लगातार बढ्दै जाने राष्ट्र बैंकको सर्वेक्षण, तीन महिनामा मूल्यवृद्धि १४ प्रतिशत

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी तीन महिनामा औसत मुद्रास्फीति दर १४ २ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ ।

बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक अपेक्षित मुद्रास्फीति सर्वेक्षणको नतिजाले आगामी तीन महिना र एकवर्ष पछिको मध्ये अपेक्षित मुद्रास्फीति क्रमशः १४ प्रतिशत र १३.५ प्रतिशत रहने देखाएको हो

।सर्वेक्षणमा सहभागीहरुलमध्ये ९४.७ प्रतिशतले आगामी तीन महिनासम्म मूल्य बढ्ने बताएका छन् ।

जसमध्ये २७.४ प्रतिशतले आगामी तीन महिना मूल्यवृद्धि अहिलेको भन्दा उच्च हुने बताएका छन् । त्यस्तै ४२.३ प्रतिशतले अहिलेको दरमा मूल्यवृद्धि हुने अपेक्षा गर्दा २४.९ प्रतिशतले मात्रै अहिलेको भन्दा मूल्यवृद्धि कम हुने बताएका छन् ।

यस्तै ९४.४ प्रतिशतले आगामी एक वर्षसम्म नै मूल्य बढ्ने बताएका छन् । जसमा ३३.१ प्रतिशतले अहिलेको भन्दा उच्च, ४१.७ प्रतिशतले अहिलेकै हाराहारी र १९.५ प्रतिशतले मूल्यवृद्धि १ वर्षपछि घट्ने अपेक्षा गरेका छन् ।

तरकारी र फलफूल तथा माछा, मासु, दूध, घ्यू र तेल उपभोग समूहबाहेकका सबै समूहहरूमा एक वर्ष अगाडि मूल्य बढ्ने देखिएको छ ।

गत असार विस देखि २७ गतेसम्म २८ सहरका ३१ बजार क्षेत्रका बासिन्दासँग अन्तर्वार्ता लिएर तथ्यांक तयार गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सर्वसाधारणले आउँदा महिनाहरूमा मूल्यवृद्धि अझ तीब्र गतिमा बढ्ने अनुमान गरेका हुन । सर्वेक्षणले २०७८ चैतको तुलनामा तीन महिना पछिको मूल्यवृद्धि बढ्ने र एक वर्ष पछिको तुलनामा थोरै घटेको देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here