एफवानसफ्ट समुहको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त

काठमाडौं,९ साउन । एफवान सफ्ट समुहको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । एफवान गु्रपको सञ्चालक समितिको बैठकले
उनलाई प्रमुख सञ्चालन अधिकृतमा नियुक्त गरेको हो । सोहम ढकालसँग २४ वर्ष भन्दा बढि सफल उद्यमीको रुपमा अनुभव छ । ढकालले अमेरिकाको ओराकल सर्नर कर्पोरेशनबाट आफ्नो करियर सुरु गरेका हुन् ।

नेपाल फर्केपछि एक सफल उद्यमी बन्न सफल भए । साना किसान सहकारीलाई सफ्टवेयर उपलब्ध गराउनेदेखि विभिन्न किसिमका सफ्टवेयर निर्माण गरेको अनुभव उनीसँग छ । यसअघि भायानेटको प्रमुख सञ्चालन अधिकृतको रुपमा समेत कार्यरत उनी कम्प्युटर विज्ञान र गणितमा स्नातक गरेका छन् ।

एफवान सफ्टमा आवद्ध भएसँगै ढकालले कम्पनीलाई थप उचाइमा पुर्याउने अपेक्षा गरिएको सफट्वेयरको क्षेत्रमा ख्यातिकमाएको एफवान सफ्ट कम्पनी नेपालका ठुला आईटी कम्पनी मध्येको एक हो ।

सन् २००४ बाट सञ्चालनमा आएको एफवान सफ्टले वित्तिय क्षेत्रका सफट्वेयर निर्माण तथा उत्पादन गर्दै नेपाल लगायत विदेशी मुलुकमा बिक्री वितरण गर्दै आएको छ । एफवान सफ्टकै भगिनी संस्था इसेवा नेपालको पहिलो र बजार हिस्सामा पनि नम्बर वान पेमेन्ट गेटवे कम्पनी हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here