पातलो प्लाष्टिकको झोला प्रयोगमा कडाइ, उत्पादन र प्रयोग गरे कारबाही

काठमाडौं । सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिवन्धमा लगाउने घोषणा गरेको छ ।

मंगलबार वन तथा वातावरण मन्त्रालयले एक सूचना प्रकाशित गरि भदौ १ गतेबाट ४० माईक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाई गर्ने जनाएको हो ।

यसअघि पनि वन तथा वातावरण विभागले प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा कडाइ गरेको थियो। तर कोरोनाका बेला अनुगमन फितलो हुँदा फेरि प्लाष्टिक झोला उत्पादन र प्रयोग वृद्धि हुँदै गएको पाइएको विभागको भनाइ छ।

यस्तै, सरकारको निर्णय विपरित ४० माईक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने बिभागले जनाएको छ ।

यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएपनि कार्यान्वयन हुन सकेको थिएन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here