उच्च अंकले घट्यो नेप्से, कारोबार रकममा भारी गिरावट

काठमाडौं, १० साउन । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रोदिन शेयर बजार मापक सूचक (नेप्से) ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलवार २२२ कम्पनीको ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बराबरको ८७ लाख ४० हजार ५५१ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा भारी गिरावट आएको छ ।

सोमबार सोमवार २१४ कम्पनीको ४ अर्ब १० करोड ६८ लाख १८ हजार ९४१ रुपैयाँ बराबरको ९९ लाख ४४ हजार ४८ कित्ता शेयर किनबेच भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । अन्य समूह सबैभन्दा धेरै ३.५६ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, लगानी, माइक्रोफाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

उच्च अंकले घटेको बजारमा आज गणपति लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशत घटेको छ ।

त्यसैगरी, रिभर फल्स पावर ५.९९, सबैको लघुवित्त ५.१३, पोखरा फाइनान्स ५.१०, गुह्येश्वरी मर्चेन्ट ५.०३, मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, र एनएमबी माइक्रोफाइनान्सका शेयरधनीले साढे ४ प्रतिशत गुमाएका छन् ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड रुपैयाँ बढीको शेयर किनबेच भएको छ । त्यस्तै, अरुण काबेली साढे १५ करोड र अरुण भ्याली १० करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here