एनआइसी एशिया लघुवित्तको खुद नाफा २४.४९ प्रतिशत वृद्धि

काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा २४.४९ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ५८ करोड ५६ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ११ करोड ५२ लाख रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ४७ करोड ४ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी, संचालन मुनाफा, फी, कमिशन तथा डिस्काउण्ट आम्दानी वृद्धि हुँदा खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशतले बढेर १ अर्ब ४९ करोड र संचालन मुनाफा ३१.७३ प्रतिशतले बढेर ९२ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले ३ अर्ब ३५ करोड करोड निक्षेप संकलन र १६ अर्ब ३१ करोड सापटी लिइ कुल २१ अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ । हाल १ अर्ब ७३ करोड चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ४० करोड रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ६.६३ रुपैयाँले बढेर ३३.६७ रुपैयाँ पुगेको छ । लघुवित्तको खराब कर्जा भने ०.९३ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १८१ रुपैयाँ, मूल्य आम्दानी अनुपात २५.५४ प्रतिशत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here