मस्कको ‘टेकओभर प्रस्ताव’माथि मतदान गर्दै ट्‍वीटर

काठमाडौं । माइक्रो ब्लगिङ सोसल साइट ट्‍वीटरले टेस्लाका मालिक एलन मस्कको टेकओेभर प्रस्तावमा सेयरधनीहरुलाई मतदान गराउने भएको छ ।

ट्वीटरले यसका लागि १३ सेप्टेम्बरमा सेयरधनीको बैठक गर्ने भएको हो । उक्त बैठकमा सेयरधनीहरूले टेस्लाका मालिक इलन मस्कद्वारा ट्‍वीटर खरिद गर्न गरेको ४४ अर्ब अमेरिकी डलरको ‘टेकओभर प्रस्ताव’मा मतदान गर्ने बताइएको छ।

ट्‍वीटर खरिद गर्ने आफ्नो प्रस्तावित डिलबाट मस्क पछि हटेपछी उनले ट्‍वीटरलाई मजाक बनाएको तथा प्रतिष्ठामै आँच पुर्‍याएको भन्दै अदालतमा मुद्दा दायर गरेको हो ।

अक्टोबरमा ट्‍वीटरसँग कानूनी लडाइका लागि तयारी गरिरहेका बेला उक्त सामाजिक सञ्जाल जाइन्टले यो योजना सार्वजनिक गरेको हो।

बैठकमा सेयरधनीहरुलाई खरिदको सम्बन्धमा केही कार्यकारी अधिकारीहरूलाई भुक्तानी गर्न सक्ने क्षतिपूर्ति अनुमोदन गर्ने प्रस्तावमा मतदान गर्न आग्रह गरिने ट्विटरले फाइलिङद्वारा जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here