दोहोरो अंकले बढ्यो नेप्से, पाँच कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं, ११ साउन । शेयर बजार दोहोरो अंकले बढेको छ । साताको कारोबारको चौंथोदिन शेयर बजार मापक सूचक (नेप्से) २३.८३ अंकले बढेर २१११.९९ विन्दुमा पुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२७ कम्पनीको ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४१ रुपैयाँ बराबरको ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएका छन् ।

अघिल्लो दिनको तुलनामा कारोबार रकममा गिरावट आएको छ । मंगलवार ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रुपैयाँ बरबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये व्यापार बाहेक बाँकी सबैको परिसूचकमा हरियाली छाएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ४.१३ प्रतिशतले बढेको छ ।

जानकी फाइनान्स कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

जानकी फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर र राष्ट्र उत्थान लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने नेष्डा लघुवित्त र जाल्पा लघुवित्तका शेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, युनिभर्सल पावर र युनियन हाइड्रो ८.८९, लिबर्टी इनर्जी ८.१७, महुली लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, समिट लघुवित्त, शिवश्री हाइड्रोपावर, रिभर फल्स पावर, गणपति लघुवित्त र बुद्धभूमि नेपालका शेयरधनीले ७ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

नेप्सेका अनुसार आज कुमारी धनवृद्धि योजनको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य १० प्रतिशतले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १७ करोड ९४ लाख भन्दा बढीको कारोबार भएको छ ।

अरुण कावेलीको १२ करोड ३५ लाख र गुराँस फाइनान्सको ८ करोड ९२ लाखको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here