मैदान होइन, ब्यारेकमा बस्दैछन् महेन्द्रसिंह धोनी !

४ साउन, नयाँ दिल्ली । भारतीय क्रिकेट टीमका पूर्वकप्तान तथा भरपर्दा मिडल अर्डर खेलाडी महेन्द्रसिंह धोनी दुई महिना क्रिकेट मैदान तथा यससँग सम्बन्धित गतिविधिबाट टाढा बस्ने भएका छन् ।

त्यसो भए उनी छुट्टीमा बस्दैछन् त ? उनका समर्थकमा यो जिज्ञासा जाग्नु स्वाभाविक हो । तर, धोनी दुइ महिना ब्यारेकमा बस्नेछन्, आर्मीसँगै ।

किनकी धोनी भारतीय पारामिलिटरी रेजिमेन्टका एक सदस्य पनि हुन् । अर्थात उनी भारतीय सैनिकका एक हिस्सा हुन् ।

भारतीय टोली वेस्टइण्डिज भ्रमणमा निस्किदैछ । यसका लागि टोलीको चयन हुने क्रममा छ । त्यसअगाडी नै धोनीले आफू दुई महिना टीमका लागि उपलब्ध नहुने जानकारी गराएका हुन् ।

उनी स्वयमले भारतीय क्रिकेट बोर्ड (बीसीसीआ)लाई आफू दुई महिना टीमको हिस्सा नहुने जानकारी गराएका हुन् । आइतबार वेस्ट इण्डिज भ्रमणका लागि भारतीय टोलीको चयन हुँदैछ ।

महेंद्र सिंह धोनी सन् २०११ देखि उक्त रेजिमेन्टको लेफ्टिनेंट कर्नेल रही आएका छन् ।

समान्यतया आक्रामक ब्याटिङका लागि परिचित धोनीले अघिल्लो साता सम्पन्न विश्वकप क्रिकेटमा स्लो ब्याटिङ गरेको भन्दै भारतमा उनको आलोचना भइरहेको छ ।

यहीबीचमा धोनीको सन्यासका सन्दर्भमा पनि बहस भइरहेको छ ।

एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here