फेसबुक र इन्स्टाग्रामले यसरी घटाए मेटाको आम्दानी

काठमाडौं । मेटाको राजस्व इतिहासमै पहिलो पटक घटेको छ । फेसबुक र इन्स्टाग्रामको मालिकलाई जुलाईको तीन महिनामा विज्ञापन बिक्रीमा गिरावट आएको थियो ।

यसले गर्दा फर्मको इतिहासमा पहिलो वर्ष राजस्व घटेको हो । मेटाका अनुसार उसको कुल राजस्व १ प्रतिशत बाट २८.८ बिलियनमा झरेको हो ।

तर कम्पनीले प्रयोगकर्ताहरूको गिरावटलाई भने रोकेको देखिन्छ । विश्लेषकहरुका अनुसार कम्पनीको बृद्धि बर्षौको ठूलो नाफापछी चरम बिन्दुमा पुग्न सक्ने सम्भावना छ ।

यता टिकटक जस्ता प्रतिद्वन्द्वीहरूले फेसबुक तथा इन्ष्ताग्रामको लोकप्रियता घटाएको छ, जबकि धेरै फर्महरूले विज्ञापन खर्चको लागि प्रतिस्पर्धा गरिरहेका छन्।

मेटा, जसले सामान्यतया विश्वव्यापी विज्ञापन बजारको २० प्रतिशत भन्दा बढी कमाण्ड गर्दछ, तर उसले नै लगानीकर्ताहरूलाई विज्ञापन बिक्री आगामी महिनाहरूमा फेरि घट्ने सम्भावना देखाएको छ ।

किनभने ई वाणिज्य खर्च यसको महामारी उछालबाट घट्ने तथा मुद्रास्फीति र युक्रेनमा युद्धले यसलाई नकारात्मक प्रभाव पार्ने बताएको हो ।

मेटाका मालिक मार्क जुकरबर्गले फर्मले अर्को वर्ष स्थिर रूपमा आफ्नो भर्ती घटाउने बताएका छन् । साथै मन्दीको प्रतिक्रिया स्वरुप कम्पनीको भर्चुअल रियालिटी प्लेटफर्म होराइजनलगायत नयाँ क्षेत्रमा लगानी गघि सारेको छ । मेटाभर्स यसको विकासको लागि उत्तम सम्भावना हो।

कम्पनीको अनुसार प्रत्येक दिन औसतमा १ दशमलव ९७ बिलियन मानिसहरूले फेसबुकमा लग इन गरेका थिए । जुन मार्चमा १ दशमलव ९६ बिलियन थियो ।

यसको एउटा एपमा दैनिक २ दशमलव ८८ बिलियन प्रयोगकर्ता थिए । मार्चमा २दशमलव ८७ बिलियन भन्दा बढि थियो ।

जुकरबर्गले मानिसहरूले फर्मका एपहरूमा बढी समय बिताएको संकेतबाट आफू खुसी भएपनि त्रैमासिकमा नाफा अझै पनि ३६ प्रतिशतले झरेर ६ दशमलव ७ अर्ब डलर पुगेको बताए।

योजनाभन्दा सुस्त गतिमा भए पनि कम्पनीले लगानीलाई निरन्तरता दिने उनले बताए ।

हामीले निकट अवधिमा धेरै चुनौतीहरूको सामना गर्छौं, तर हामीले गरिरहेको लगानीले हामीलाई दीर्घकालीन रूपमा फाइदा दिनुपर्छ उनले थपे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here