जनतामा गरेको चुनावी बाचा पुरा गर्दै दोधारा चाँदनीका मेयर, टोल-टोलमा सुरक्षा भत्ता वितरण

पप्पु गुरुङ्ग

दोधारा १२ साउन । दोधारा चाँदनी नगरपालिकाको टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको छ् ।

दोधारा चाँदनी नगरपालिका स्थित रहेका कृषी बिकास बैक, कुमारी बैंक, एनआईसी एसिया बैक र सनराईज बैंक, जनप्रतिनिधी, नगरपालिकाका कर्मचारीहरुले टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता बितरण कार्य सुरु गरेका छन् ।

दोधारा चाँदनी नगरपालिकाको वडा नं. ८ स्थित रहेको जनज्योती माध्यमिक बिद्यालयमा सामाजिक सुरक्षा बितरण कार्यमा मेयर किशोर कुमार लिम्बु आफै पुगेर वितरण कार्यको अनुगमन गरेका हुन् ।

वितरण कार्यलाई अझै प्रभावकारी बनाउन कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । भत्ता वितरणमा कुनै समस्या परे सिधै आफुलाई सम्पर्क गर्न समेत मेयर लिम्बुले बताएका छन् ।

अपांग, बिरामी तथा अशक्तहरुलाई घरमै सामाजिक सुरक्षा भत्ता दिने ब्यवस्था गरिएको मेयर लिम्बुले बताएका छन् ।

वृद्ध वृद्धा तथा अपांगता भएका नागरिकहरुको सहजताका लागि बैंक संग सहकार्य गरेर टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता वितरण भईरहेको दोधारा चा“दनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बताए ।

विगतका दिनहरुमा बैंकमा लामो लाईनमा दिनभरी बसेर सामाजिक सुरक्षा भत्ता लिन अपांग र बृद्ध बृद्धाहरुलाई सास्ती भएको भन्दै उनिहरुलाई केही राहत पुगोस् भन्ने उद्धेश्यले टोल बस्तीमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने दोधारा चँदनी नगरपालिकाले निर्णय गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरणमा जनप्रतिनिधी, बैंकका प्रतिनिधी, नगरपालिकाका कर्मचारी, स्थानिय ब्यक्तीहरु खटिएका छन् ।

मेयरले टोल बस्तीमा गएर भत्ता दिने निर्णय गरे संगै स्थानियहरुमा खुशी छाएको छ् । टोल बस्तीमा गएर सामाजिक सुरक्षा भत्ता दिने निर्णय स्वागत योग्य भन्दै जनप्रतिनिधीहरुको प्रशंसा गरेका छन् ।

लिम्बुले केही दिन अघि मात्रै कृषी बिकास बैक, कुमारी बैंक, एनआईसी एसिया बैक र सनराईज बैंकहरुका शाखा प्रमुख, तथा नगरपालिकाका कर्मचारीहरु संग टोल बस्तीमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छलफल गरेका थिए ।

कृषी बिकास बैंकमा कर्मचारीको अभाव भएको बताउदै यस पल्टको लागी मात्र बैंकमा सामाजिक सुरक्षा भत्ता बितरण गर्ने जनाएको छ् ।

दोधारा चा“दनीको टोल बस्तीमा गएर भत्ता वितरण गर्ने कार्य प्रशंसनिय रहेको स्थानियबासी बिनोद चौधरीले बताएका छन् । ‘नगर सरकारले सामाजिक सुरक्षा भत्ता बितरणको सन्दर्भमा सहि तथा समयसापेक्ष निर्णय गरेको छ्’ स्थानियबासी बिनोद चौधरीले भने ।

स्थानिय तहको निर्वाचनका बेलामा जनताकाबीचमा गरेका वाचा कबुलहरुको आधारमा सामाजिक सुरक्षा भत्ता बितरणलाई प्रभावकारी र सहज बनाउदै लिम्बुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here