‘एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाइसकेका छौँ’- परराष्ट्रमन्त्री खड्का

काठमाडौं, १३ साउन । सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)लाई अस्वीकार गरेको जानकारी अमेरिकालाई दिएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काले शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै साउन ९ गते नै कुटनीतिक माध्यमबाट अस्वीकार गरेको लिखित पत्र पठाइसकिएको जानकारी दिए ।

‘साउन ९ गते एसपीपी अघि नबढ्ने भनेर लिखित रुपमा कुटनीतिक माध्यमबाट अमेरिकालाई लिखित पत्र पठाइसकेका छौँ,’ उनले भने । उनले २०७९ असार ६ गते एसपीपी कार्यक्रम अघि नबढाउने भनिसकेको अवस्थामा आन्तरिक छलफल गरेर पत्र पठाउन केही ढिला भएको बताए।

‘यो निर्णयलाई अमेरिकी सरकारलाई नेपाल सरकारले जानकारी गराएन भनेर सांसदहरुले प्रश्न उठाउनु भएको छ’ ,उनले भने, ‘एसपीपीबारे नेपाल सरकारले गरेको निर्णयबारे अहिलेसम्मका विकासक्रमबारे जवाफ दिन संसदमा आएको हुँ। सरकारले यसबारे अमेरिकालाई पत्र पठाइसकेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here