डिम्याट खोल्नेको संख्या ५३ लाख नाघ्यो, कति छन् सक्रिय ?

काठमाडौं, १३ साउन । डिम्याट खाता खोल्नेको संख्या ५३ लाख नाघेको छ । सीडीएससीको तथ्यांक अनुसार हालसम्म डिम्याट खाता खोल्नेको संख्या ५३ लाख ९३१ पुगेको हो ।

धितोपत्र दोस्रो बजारमा सेयर कारोबार गर्न आवश्यक ‘मेरो सेयर’ प्रयोगकर्ताको संख्या पनि ४४ लाख नाघेको छ। हालसम्म मेरो सेयर प्रयोगकर्ताको ४४ लाख १ हजार ५७ पुगेको छ।

‘मेरो सेयर’ सेयर कारोबारका लागि अनिवार्य रहेको छ। हालसम्म ८ अर्ब ८२ करोड २८ लाख ४६ हजार १४० कित्ता शेयर विभिन्न व्यक्तिका डिम्याट खातामा संकलन छ।

पछिल्लो समय अनलाईनबाटै डिम्याट खाता र मेरो सेयर सेवा लिन पाईने र कतिपय क्याप्टिलमा निःशुल्क खोल्न पाइने व्यावस्था भएसँगै खाता खोल्नेको संख्या बढेको छ ।

नेप्सेले सीडीएससीमार्फत २२ चैत्र २०७१ देखि डिम्याट सेयरको आंशिक कारोबार सुरु गरेकोमा ६ वैशाख २०७२ देखि सेयर पहिलो चरणमा सात कम्पनीको पूर्ण अभौतिक शेयर कारोबार थालेको थियो ।

१ माघ २०७२ देखि नेप्सेमा सबै कम्पनीहरूको डिम्याट सेयर मात्र कारोबार हुँदै आएको छ । विवरणानुसार पछिल्लो समय डिम्याट र मेरो शेयर खाताको सङ्ख्या उल्लेख्य बढेको देखिन्छ ।

डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक खातावालाले वार्षिक सय रुपैयाँ नवीकरण शुल्क तिनुपर्ने व्यवस्था रहेको छ ।

साउन मसान्तभित्र डिम्याट खाता नवीकरण नगर्नेको खाता निक्षेप सदस्यले नवीकरण नगरेसम्मका लागि रोक्कासमेत गर्न सकिने व्यवस्था छ ।

पछिल्लो समय कम्पनीले निष्काशन गर्ने आइपिओमा २५ लाखभन्दा बढीले आवेदन गर्दै आएका थिए। तर आइपीओ नपरेपनि डिम्याट सक्रियको संख्या घटेको छ । पछिल्लो समय खुलेको मन्दाकिनी हाइड्रोपावरको आइपीओमा १६ लाखले मात्र आवेदन दिएका छन् ।

प्रविधिको विकास र विस्तारले धितोपत्र बजारमा कारोबार गर्नेको सङ्ख्या बढेको बोर्डले उल्लेख गरेको छ । बोर्डलगायत धितोपत्र बजारसम्बद्ध निकायहरूबाट बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here