जथाभावी पार्किङ गरेपछि सार्वजनिक संस्थानको गाडी ‘ह्वील लक’

तस्विर:कृष्ण पौडेल

काठमाडौं । सार्वजनिक संस्थानका गाडी ट्राफिक कारबाहीमा परेको छ । शुक्रबार दिउँसो सिभिल हस्पिटल अगाडि पार्किङ गरेको गाडीलाई ट्राफिक प्रहरीले ‘ह्वील लक’ गरेको हो ।

सार्वजनिक स्थानमा रोकेर बाधा व्यवधान गरेकाले बा. १ ञ. २०७८ नम्बरको गाडी लाई कारबाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको ट्राफिक प्रहरीले जनाएको छ ।

महाशाखाले सडकलाई अवरोध पुर्‍याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै ५ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म जरिवानागर्दै आएको छ ।

ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ ।

महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here